थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित कति पुगे ?

काठमाडौं । नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर १२सय ४६ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रीय संक्रमितको संख्या १६ हजार २४१ रहेको यसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९०३ होम आइसोलेसनमा जना संक्रमित रहेका छन् ।

 

२४ घण्टामा पीसीआर परीक्षणको संख्या १० हजार ६४१ रहेको छ। कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १२सय ४३ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ४२ हजार ९४९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

आईसीयूमा उपचाररत संक्रमितको संख्या १८२ र भेन्टिलेटरमा ३९ जना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

२०७७ असोज १ गते १६:४० मा प्रकाशित

You can share this post!

माछापुच्छ्रे बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

माछापुच्छ्रे बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

Related posts