back
NMB ad

एकैदिन २ हजार २० जनामा कोरोना पुष्टि, कुल संक्रमित कति पुग्यो ?

Kumari bank ad

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

 

 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४५८ जनाको पिसीआर परीक्षण गर्दा २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

 

योसँगै कूल संक्रमितको संख्याा ६१ हजार ५९३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टा ८७१ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ४३ हजार ८२० जना पुगेको छ ।

 

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये निको हुनेको प्रतिशत ७१.१ रहेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् ।

यस्तै क्वारेन्टिनमा सात हजार ७३६ जना रहेका छन् । त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको मन्त्रालायले जनाएको छ ।

 

मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, रसुवा, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित संख्या शून्य रहेको छ । त्यसैगरी विगत २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३९० जना पुगेको छ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १६:३८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...