एउटा उसको कथा…

टिका खड्का ‘मोहन’ । काधमा ठूलो जिम्मेवारीको भारी विशाल भिडभाड्मा सानो झोलामा कागजका केहि खोस्टाहरु छन् ।

अनि आमाले बाटोमा भोक लाग्ला भनेर एक माना मकै भुटेर राखीदिनु भएको पोको छ । अनि एक दुइ जोर सदरमुकामबाट किनेको चुज पाइन्ट र कमिज हालेकोछु ।

सामान्य पढेलेखेको गाउको सोझो केटो म । गाउबाट शहर भनेर सदरमुकाम भन्दा तल कतै नटेकेका मेरा पाइलाहरु । मनमा अनेकन तप्कनाहरुले अड्डा जमाइरहेका छन कहाँ गएर के हुने होला भनेर । आफैले आफैलाइ प्रति प्रश्न गर्दै भन्छु म सहिमार्गमा छु या गलत ।

 

विशाल आकास नै छोए छोए जस्ता घरहरु । विच बाटोमा चार पाँच लेनमा गुडेका मसइला गाडीहरु । चिन्दैनचिनेका उदेग लाग्दा अपरीचीत अनुहारहरु । अनयासै म भौतारीदैछु लुखुर लुखुर ।

सबैको आशाको केन्द्र बनेको म । कतिकासपनाहरुको चागं मै माथी बिसाएर आशा बन्दै बस्नेहरुका मलिन आँखाहरु थाक्दैछन् होला । अब त आश पनि मारौ क्या हो भन्नेहरुपनि थुप्रै छन् होला । मेरा पाइलाहरु अझै पनि थाकेका हुदैनन् जहा धेरैको आशा लिएर हिडेको म एक बुबुरो ।

समय एक नासले डौडीरहेको छ म भने समयलाइ पछ्याउदै पछ्याउदै हिड्ने प्रयासमा छु । म जस्ता हजारौहरु यहि सडक यहिगल्लिहरुमा आफ्नो भविष्य चाहार्दै हिड्नेहरु छन् होला कठै ।

गास बास कपासको लागि मान्छेहरु एउटा मुटुलाइ हजार ठाउमाचुइट्याउदै संघर्षरत छन् हगि । म त एक पात्र मात्रै हुँ । भोली के हुने होला आजको लागि बाच्नु नै ठूलो चुनौती बनेको हुन्छ योअन्जान सडकमा ।

सानो तिनो दुस्ख त मेरो लागि त्यत्ति भयंकर थिएन तर पनि सहज भने पक्कै होइन ।दुस्खको साथ हुर्केको मान्छेदुस्ख सहने बानी परेर होला । कुनै समस्या संग नहडबडी कन साहास लिएर अगाडी बड्नु पर्छ भन्ने मेरा बाले बोलेको यो कथन हृदयमनन गर्दै लामो बाटोको तय गरेको छु । हिडाइ रफतारमा छ तर गन्तव्य कहा नेर हो पत्तो छैन ।

कल्पना गर्दा पनि कत्ति आनन्द लाग्ने त्यो गाउले जिवन हरीयाली पाखा पखेरीहरुमा घास दाउरा गरेको । सुसेली हाल्दै बयलीखेलेको आहा११ मन भरी ति क्षणहरुले हुट्हुटी बनाइरहेछ ।

खाजाको लागि मकै भुटी गोजीमा हालेर झिक्दै खादै जंगल सम्मकोयात्रा गरीन्थ्यो । डोका भरी स्याउला र दाउरा बोकेर पसीनाले पिठ्यू सबै भिज्थ्यो तर पनि कति आनन्दित थियो त्यहि जिवन ।गुयली औसेली गोफ्ला चुत्रो आहा सम्झिदा पनि कति आनन्द लाग्छ ।

फेरी पनि त्यहि जिवन जिउन पाए भन्ने आभाष हुन्छ । मेरो प्यारो जन्म भुमि त्यो गाउ त्यो ठाउ त्यहाको बस्ति त्याहाको रहनसहन चालचलन कति अविस्मरणीय छ । चाहेर पनि मेटाउन नसकीनेगरी मनस्पटलमा अड्डा जमाएर बसेको छ ।

गुच्चा चुंगि ढ्याक खेली रमाइलो गर्ने मेरा बालापनका साथीहरु अझै पनि दिमागमा ताजैबनेका छन् । हितैषीहरु प्रगतिको मार्ग समातिसेका छन् भने म अझै प्रयासरत । यस्तै यस्तै अन्तरमनका कुराहरु कोट्याउदै कोट्याउदै हिडीरहेछु । १२ बजेको तिखो नाके घामको तापले तालु थिच्ने गरी पोलीरहन्छ ।

घर देशलाइ चटक्कै छोडेको पनि २ वर्ष बितेछ तर आज मन कत्ति पनि खुसी छैन । तिता मिठा पलहरुलाइ संगाल्दै आज केहि निर्णय लिने कोसिश गरे ।

 

उराठ लाग्दो जिन्दगी कतिन्जेल बाचीरहनु बाचेर न आफू खुसि हुन सके न मेरै आशामा अड्किएका तिमलिन अनुहारहरुको । दुइ चार धन कमाएर आफ्नो र आफ्नाको केहि इच्छा आकांक्षाहरु पूरा गर्ने हेतुले प्रदेश चालेका मेरापाइलाहरु नमिठा चोटहरु लिएर फिर्तिन बाध्य बन्दैछ ।

संगै बसेको साथी आज यो संसारमा छैन् । ठूला घरे काइली काकीको छोराबिचरा आएको ६ महिना नबित्दै उस्को र उस्का परीवारको सपना पनि ढलिसक्यो । सेतु दाइको त लास घर देश पुगिसक्यो रे ।

साइला माइला काइला जिवन कैदमा यातना भोग्दै छन् रे । उफ प्रदेश सजिलो कहा रहेछ र । बाहिर बाट देख्नेहरुले त फलानालेयति प्रगति गर्यो उति प्रगति गर्यो भन्छन् तर प्रदेशको व्यथा घरदेशलाइ के थाहा ।मानव हराएको बस्तिमा मानव कै खोजिमा मनव नै रहन्छ र मानव नै दानव बन्दो रहेछ प्रदेश… ।

यस्तै–यस्तै कथा व्यथाहरु खोज्दै जाने हो भने यो अन्जान शहरमा हजारौ सपना नष्ट भइसकेका छन् होला । कैयौँका सिन्दुर पुछिए होलान्, कौयौँका बालबच्चा टुहुरा बनिसके होलान्,कौयौँ बाबा आमा वियोगमा छट्पटिएर मुर्छित बने होलान्…. ।

मेरा सपनाहरु पनि यसै नष्ट गर्न चाहान्न केहि धन सम्पतिको लागि र कसैको सपनाको लागि जाहाजमा चढेर आएर बाकसमा फर्किन चाहान्न । लास होइन सास लिएर जान चाहान्छु । म, मेरै मातृ भुमि…

२०७७ असोज ३ गते १६:०३ मा प्रकाशित

You can share this post!

बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट दिने घोषणा !

बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट दिने घोषणा !

Related posts