मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय, को-को हुन् नयाँ बन्ने मन्त्री ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेको
छ ।

आइतबार पार्टी एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नीतिगत छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको छ । नीतिगत छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको प्रवक्ता श्रेष्ठले बताए। नेकपाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आजका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

२०७७ असोज ४ गते १५:२५ मा प्रकाशित

You can share this post!

भर्खरै पृथ्वी राजमार्गमा सवारी दुर्घटना, बालिकाको घटनास्थलमै ज्यान गयो

भर्खरै पृथ्वी राजमार्गमा सवारी दुर्घटना, बालिकाको घटनास्थलमै ज्यान गयो

Related posts