back
NMB ad

थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि: ४११ जनाको मृत्यु , कुल संक्रमित ६४ हजार नाघे

Kumari bank ad

काठमाडौं । नेपालमा आइतवार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ ।

 

हालसम्म कोरोना संक्रमणका कारण ४११ जनाको मृत्यु पुष्टि भएको छ । कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । आइतवार मात्रै थप ९६६ जना डिस्चार्ज भएका छन् ।

 

हाल क्वारेन्टाइनमा ७ हजार ४५१ जना रहेका छन् ।कुल पीसीआर परीक्षण ९ लाख १४ हजार २६५ संख्या पुगेको छ । हाल भेन्टिलेटरमा ३६ जना संक्रमित रहेका छन् ।

 

विगत २४ घण्टामा ९ हजार ५८४ ओटा पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार होम आईसोलेशननमा ८ हजार ७०७ जना रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेशनमा ९ हजार ७१ जना रहेका छन् ।त्यसैगरी हाल १७ हजार ४७८ जना सक्रिया संक्रमित रहेका छन् ।

 

प्रवक्ता गौतमले अवदेखि आईसोलेशनको व्यवस्था स्थानिय तहले गर्नुपर्ने बताए । मन्त्रालयका अनुसार नेपालका विभिन्न स्थानमा रहेका ४९ ओटा ल्यावबाट पीसीआर परीक्षण भइरहेको छ ।

काठमाडौं उपत्यकामा एकैदिन ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा ६०२ जना, ललितपुर जिल्लामा ६४ जना र भक्तपुर जिल्लामा १०१ जना रहेका छन् ।

वि.सं.२०७७ असोज ४ आइतवार १६:४३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...