एनआरएन लघुवित्तले एफपीओ निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा असोज १८ गते कैलाली जिल्लाको धनगढीस्थित होटल दिनेशमा बिहान ११ बजे बोलाएको छ ।

 

 

कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सर्वसाधारणका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

साथै सञ्चालक समितिको निवार्चन सम्बन्धमा मर्जर पश्चात कायम रहने एनआरएन लघुवित्त वित्तीय संस्थाको आगामी चार वर्षे कार्यकालको लागि चार जना संस्थापक र दुई जना सर्वसाधारणको तर्फबाट गरि जम्मा छ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

अन्य प्रस्तावमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको नाम परिवर्तन गरी प्रबन्धपत्र र नियामावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने रहेको छ ।

२०७७ असोज ५ गते १२:११ मा प्रकाशित

You can share this post!

पहिलो घण्टामा ६.१६ अंकले घट्यो शेयर बजार

पहिलो घण्टामा ६.१६ अंकले घट्यो शेयर बजार

Related posts