back
NMB ad

कोरोना महामारी : विश्वमा संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो

Kumari bank ad

वासिङ्टन । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १२ लाख संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले बताएको छ । कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १२ लाख ४३ हजार ३३९ पुगेको हो ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड २८ लाख ३५ हजार ६३२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७० लाख ४हजार ७६८ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले बताएको छ । दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ८७ हजार ५८० पुगेको छ । ब्राजिलमा १ लाख ३६ हजार ८९५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८७ हजार ९०९ जनाको मृत्यु भएको छ ।

रुसमा ११ लाख ३ हजार ३३९ जना संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौं स्थानमा रहेको पेरुमा ७ लाख ६८ हजार ८९५ जना संक्रमित रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा यूरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ । रासस/एएफपी

वि.सं.२०७७ असोज ५ सोमवार १५:४३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...