देशभर थपिए ११५४ जना कोरोनाका नयाँ संक्रमित, थप १६ जनाको मृत्यु, कुल संक्रमित कति ?

काठमाडौं । नेपालमा थप एक हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संखया ६५ हजार दुई सय ७६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा नौ हजार पाँच सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा संक्रमण देखिएको जनाएको छ ।

 

यस्तै एक हजार पाँच जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४७ हजार दुई सय ३८ पुगेको छ । नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सख्या चार सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

२०७७ असोज ५ गते १६:२० मा प्रकाशित

You can share this post!

सारथी र नयाँ नेपाल लघुवित्तले शुरु गरे एकीकृत कारोबार

सारथी र नयाँ नेपाल लघुवित्तले शुरु गरे एकीकृत कारोबार

Related posts