काठमाडौं । मंगलवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ९ दशमलव ८० अंकले घटेको छ ।
गत कारोबारको दिन देखि नै ओरालो लागेको बजार मंगलवार कारोबारको दोस्रो घण्टामा शून्य दशमलव ६२ प्रतिशत घटेर १ हजार ५५९ दशमलव २६ विन्दुमा पुगेको छ ।
दोस्रो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको २१ हजार ८४९ पटकको कारोबारमा ३३ लाख ५२ हजार ५७५ कित्ता शेयरको रू. १ अर्ब १६ करोड ३० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
वि.सं.२०७७ असोज ६ मंगलवार १३:०३ मा प्रकाशित