काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडले असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानियको लागि रू. ४ करोड २० लाख बराबरको ४ लाख २० हजार कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ ।
कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । यस मध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि ४ लाख २० हजार कित्ता आईपीओ विक्री हुनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर विक्री हुनेछ ।
वि.सं.२०७७ असोज ६ मंगलवार १३:१८ मा प्रकाशित