back
NMB ad

सामुदायिक भवन निर्माण लागि कोलोराडोमा फेरि जुट्दै नेपाली समाज

Kumari bank ad

काठमाडौं । कोलोराडो निवासी नेपाली तथा नेपाली भाषी भुटनिजहरु नेपालीको पहिचान झल्कने सामुदायिक भवन निर्माण लागि जुटेका छन् ।

 

 

झण्डै तीव वर्षअघि सामुदायिक भवन निर्माणको लागि सफलताका साथ श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न गरे पश्चात विभिन्न कारणले सुस्ताएको यो समाज सामुदायिक भवन निर्माणको लागी पुःन जुटेको हो ।

 

 

 

कोलोराडोमा स्थापित नेपालीहरुको साझा संस्था नेपाली घरको संयोजन तथा कोलोराडोमा क्रियाशिल सबै संघ÷संस्था र समाजसेवीहरुको आयोजनामा २०१८ मे महिनामा श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न भएको थियो ।

 

 

 

उक्त महायज्ञमा दाताहरुले दानगरेका तथा दानगर्न प्रतिबद्धता जनाएका गरी झण्डै ६ लाख सहयोग संकलन भएको थियो । यस बिचमा जग्गा तथा भवन खरिद गर्न बिभिन्न समिती उप समितीहरु गठन भए ।

 

उनिहरुले अहोरात्र खटेर कोलोराडोको धेरै ठाउमा जग्गा तथा भवन हेर्न दौड धुप गरे पनि यस समुदाय जग्गा किन्ने वा भवन किन्ने भन्ने निर्णयमा पुग्न सकेको थिएन ।

 

 

 

 

अहिले यस समुदाय जग्गा नकिन्ने तयारी भवन नै किन्ने भन्ने निर्णयमा पुगी सकेको छ । त्यसैको फल स्वरुप 4001 W 76 Ave. westminster Co.मा चर्ज पत्ता लगाई खरिद प्रकृया अगाडी बढिसकेको नेपाली नेपाली घरका अध्यक्ष लक्षुमन रानाले बताएका छन् ।

यस बिचमा दाताहरुलाई आफुले प्रतिबद्धता गरेको रकम संकलन गर्न बैंक देखि बैंक सम्म नियमित संकलन हुने प्रविधी ACH लगायत बिभिन्न माध्यमहरुको तयार भई सकेको बताउदै अध्यक्ष रानाले सबैलाई पुःन एकजुट भई नेपाल र नेपालीको पहिचाहनको केन्द्र बिन्दु निर्माणकालागी सहयोग गर्न अनुरोध गरेका छन् ।

 

कोलोराडोमा नेपाली तथा नेपाली भाषी भुटनिज समुदायको २ हजार भन्दा बढि परिबार रहेको र हरेक परिवारले १ हजारका दरले सहयोग गर्दामात्र पनि २ मिलियन भन्दा बढि रकम संकलन गर्न सकिने उनको रहेको दावी छ ।

 

कुनैपनि कामगर्नु अगाडी रकम तयार गर्नुपर्ने हुनाले, यस सामुदायिक भवन किन्न पनि ३० प्रतिषद भन्दा बढि Down payament र मासीक रुपमा तिर्नु पर्ने Mortgage तयारी गर्नु पर्दछ । त्यसैले यी सबै तयारीको लागी बैकमा संचित रकम र नियमित आम्दानीको श्रोत देखाउनु पर्ने हुनाले दाताहरुलाई Dollar Day, ACH, त्रैमासीक, चौमासीक, कुन माध्यमबाट कसरी आफुले कबुल गरेको वा दानगर्न ईच्छा गरेको रकम दान गर्न चाहनु हुन्छ त्यही माध्यमबाट दान गरिदिनुहुन अनुरोध गरिएको छ ।

अहिले हरेक नेपालीको घर घर सम्म यो सन्देश पु¥याउन र कोलोराडोमा नेपाली र नेपाली भाषीको उपस्थिती देखाउन बिभिन्न शहरमा के कती नेपाली तथा नेपाली भाषाी समुदायको बसोबास रहेको छ भन्ने पत्ता लगाउन डाटा संकलन कार्य समेत अगाडी बढेको हुनाले सबैलाई आफ्नो जानाकारी दिएर सहयोग गरिदिन समेत अनुरोध गरिएको छ

वि.सं.२०७७ असोज ६ मंगलवार १४:५५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...