काठमाडौं । नेपालमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार आज थप २ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।
वि.सं.२०७७ असोज ६ मंगलवार १६:२३ मा प्रकाशित