बलिउडका कलाकारमा ड्रग्स कनेक्सनले मच्चाएको सनसनी, खुल्न थाल्यो नयाँ रहस्यहरु !

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका कलाकारमा ड्रग्स कनेक्सनले सनसनी मच्चाएको छ ।

 

 

ड्रग्स बारेमा नयाँ रहस्यहरु खुल्न थालेका छन् । चर्चित कलाकारहरु ड्रग्स कान्डमा मुछिने संकेतहरु देखिएका छन् । प्रहरीले पक्राउ गरिएका कारोबारी अनुज केशवानी र अंकुशको बयानको आधारमा सेलिब्रेटीहरु ड्रक्स कान्डमा फसेको अनुमान गरिएको छ ।

 

ड्रग्स कनेक्सनमा जाँच गर्दै आएको प्रहरीले साराअलि खान, दिपिका पादुकोण, श्रद्धा कपुर, नम्रता शिरोडकरदेखी दिया मिर्जा समेत सहभागी रहेको दावी गरेको छ ।

सेलिब्रेटी नायिकाहरुलाई प्रहरीले शंकास्पदको सूचीमा राखेको छ । त्यस्तै रिया चक्रवर्तीले अनुसन्धानमा २५ बलिउड कलाकारको नाम लिएकी छन् ।

यता नायिका कंगना रनावतले ड्रग्स सेवनकै कारण दीपिका डिप्रेशनमा पुगेको बताएकी छिन् ।

२०७७ असोज ७ गते ०९:३१ मा प्रकाशित

You can share this post!

परीक्षामा जुट्न थाले विश्वविद्यालय: कार्यतालिका सार्वजनिक गर्दै त्रिवि, अर्को हप्तादेखि सुरु गर्ने !

परीक्षामा जुट्न थाले विश्वविद्यालय: कार्यतालिका सार्वजनिक गर्दै त्रिवि, अर्को हप्तादेखि सुरु गर्ने !

Related posts