काठमाडौं । मंगलाबर २२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बुधबार सुधारिएको छ ।
कारोबार सुरु भएदेखि बढ्न सुरु गरेर दिउँसो केही घटबढ भए पनि बन्द हुँदा ९.३७ अंकले बढेको हो । होटल समूहबाहेक सबै समूहमा सुधार आउँदा आज नेप्से परिसूचक बजार १ हजार ५५५ अंकमा पुगेर रोकिएको छ ।
यसक्रममा नेप्सेमा १ अर्ब ७२ करोड कारोबार भई ५८ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ। आजको कारोबार रकम हिजोकोभन्दा कम हो ।
वि.सं.२०७७ असोज ७ बुधवार १५:३६ मा प्रकाशित