कोरोना अपडेट : ११७२ जनामा संक्रमण पुष्टि, १८९३ डिस्चार्ज, थप ७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ९ हजार ४४९ जनाको पिसीआर परीक्षण भएकामा ११७२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

प्रवक्ता डा गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुुक्त भएर १८९३ जना घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ४९ हजार ९५४ जना रहेको छ । नेपालमा को

२०७७ असोज ७ गते १६:४० मा प्रकाशित

You can share this post!

अन्ततः फेरि लकडाउन गर्ने, आज बसेको बैठकले गर्यो यस्तो निर्णय !

अन्ततः फेरि लकडाउन गर्ने, आज बसेको बैठकले गर्यो यस्तो निर्णय !

Related posts