back
NMB ad

विद्यार्थी र भविष्यका लागि कस्तो छ जापान ?

Kumari bank ad

टिका खड्का ‘मोहन’ । जापानमा अध्ययनको लागि गन्तव्य रोज्नु सहज छ । विधार्थीहरुको लािग लगभग स्कुलले स्वीकृत गरे वापतभिसा पनि दिने सम्भावाना धेरै नै हुन्छ । हामी नेपालीहरुको सोचाइ अत्यन्तै साँघुरो सोचाइ हो कि जस्तो लाग्छ । हामीले कुनै पनि कुरामा लगानी गरीसकेपछि तुरुन्त सफलता सोच्ने आदत हुन्छ ।

 

कुनै पनि देशको आ–आफ्नै नीति नियमहरु हुन्छन् । यो देशको नीति नियम पालना गन सकिएन भने धेरै कुराको समस्या आउन सक्छ । हरेक कुरामा टेक्नोलोजी प्रयोग गरीएको छ । यहाँ कहि कतै छलकपट गर्न भने पाइदैन ।

भर्खरै प्लस टु सक्काएपछि युवाहरुले भविष्यको बारेमा सोच्नु गलत होइन । भविष्यको बारेमा सोच्नु त पर्छ नै । तर, भविष्यको गन्तव्य कहाँ र कसरी निर्धारण गर्ने भन्ने विषयमा केहि अग्रजहरुसंग छलफल गर्नु अतिआवश्यक पर्छ ।

हजारौँको संख्यामा जापानमा अध्ययनको लागि आउनु भएका सबैलाइ सहज वातावरण नबन्न पनि सक्दछ । जापान सजिलो ठाउँ अवस्य पनि होइन । जहाँ विकासका पूर्वधारहरु बलिया छन विकसित छन् । र, टेक्नोलोजीले जडित देश हो जापान । संसारमा दोस्रो तेस्रो स्थानमा पर्न सफल राष्ट्र जापान । जहाँ नेपाली लगायत अन्य दर्जनौ देशका मान्छेहरु आफ्नो कर्मथलो बनाइरहेका छन । विधार्थीहरुको लागि जापान त्यति उपयुक्त ठाउँ हो जस्तो मलाइ लाग्दैन । यहाँको पढाइ भनेको भाषामा मात्र केन्द्रित रहनु पर्दछ । जापान यस्तो ठाउँ हो, जहाँ आफ्नै मातृभाषा मात्र प्रयोग हुन्छ ।

अंग्रेजी भनेको याता कता बोल्छन । त्यहि पनि आफ्नै तरीकाले आफ्नै लयमा । जापानमा अंग्रेजी भाषालाइ पनि जापानीज टोनमा मिलाएर बोलिन्छ । जुन बुझ्न कठिन हुन्छ । विशेषगरी हामी चाहे विद्यार्थी भिसा होस्, चाहे पर्यटन भिसामा होस्, चाहे वोर्किङ् (काम गर्ने भिसा)मा नै किन नहोसर तर हाम्रो लक्ष्य भनेको पैसा कमाउनु भविष्य बनाउनु हो ।

यहाँ विद्यार्थीहरुको लागि कमाउने वातावरण छ तर बचाउने भने छैन । घरबाट ठुलो आशा र अपेक्षा बोकेर आएका हुन्छौ हामी । तर, यहा आएपछि पूर्ण रुपमा विपरित हुन्छ । तर, जापानमा विदेशीहरुको लािग भविष्य छ । सबैले निर्माण पनि गरेका छन् तर सहजता भने पक्कै छैन । सयौँको संख्यामा खोलिएका सस्था जहाबाट जापान पठाइन्छ विद्यार्थीहरुलाई, विभिन्न वाहानाहरुका साथ आशा र अपेक्षाका मोटा कुराहरु गरेर केहि यथार्थ कुराहरु लुकाएर सस्थाले पैसा कमाउने बाटो गरीरहेको हुन्छ । हामी भने मख्ख पर्दै कुरा गर्दा गर्दै जापान पुगेको कल्पना गर्छौ र पैसाका बिटा सोच्दछौ । राम्रोसंग नबुझाइकन पठाइन्छ मात्र पैसा कमाउनको लागि आफ्नो कर्तव्य पुरा गरेझै गरीन्छ । अन्तिममा दुख कष्ट झेल्नु पर्ने हामी नै हौ ।

अनेकन बाधा व्यवधान गरेर, कम सुतेर ज्यानको माया मारेर काम गरीराखेका हुन्छन नेपाली विद्यार्थीहरु । सबैको परिवार पूर्ण आफैमा निर्भरता हुँदैनन्, ऋण गरेर आएका हुन्छन् । ऋण गरेर आएको पैसा असुल गर्न पनि कम्तिमा दुई तीन बर्ष नै लाग्न सक्दछ, यद्यपि यकिन हुँदैन ।

हामी आफ्नै देशमा सामान्य काम गर्न हिच्किचाउने मान्छे यहाँ आएपछि जस्तो सुकै काम नगरी हुँदैन । एकातिर भाषाको समस्याले गर्दा काम पाउन मुस्किल हुन्छ भने अर्कोतिर नयाँ ठाउँ, नयाँ परिभेष, शुन्य शुन्य लाग्छ ।

काम नपाउनले तल्लो स्तरको काम किन नहोसर जस्तै (रेष्टुरेन्टमा भाडा माझ्नु,लेवर काम,(डिग्रीमा,अति तातो ठाउमा) जस्तोसुकै काम गर्नु पर्ने बाध्यता रहन्छ । घरबाट कति धेरै आशा र अपेक्षा बोकेर हिँडेका हुन्छौँ हामी, त्यो यहाँ आएपछि पूर्ण रुपमा फरक पाउदछौ । सोचे भन्दा विपरित पाउदछौ ।

कन्सल्टेन्सीहरुले भने अनुसारको सबै व्यवस्था र फ्यासीलीटी (सुविधाहरु) कलेजले दिन सक्दैन । सयौँको संख्यामा वर्षमा ४ पटक विदेशी विद्यार्थीहरु भित्र्याउने गर्दछ । ति, सबै विद्यार्थीहरुको लागि काम लगाउन पनि मुस्किल पर्दछ । पहिलो प्राथामिकता पढाइ र दास्रो प्राथामिकता कामलाइ दिने भएकोले पैसा कमाएर घरमा पठाउने भन्ने परैको कुरा रह्यो ।

साथीको लहलही र अरुले भनेको आधार मानेर अन्धाधुन्दा रुपमा हिड्दा धेरै दुख पाइन्छ । यदि जापान आउने सोच बनाउदै हुनुहुन्छ भने राम्रो कलेज (गाक्को) छानेर राम्रो सल्लाह, सझाव लिएर मात्र हिड्नु होला ।

आफ्नो मान्छे भनेर त्यत्ती ढुक्क चाँहि परिहाल्नु हुँदैन । यो ठाउँ अति व्यस्त भएकोले आफ्नो लागि आफै गर्न र आत्मा निर्भरता हुने कोसिश गर्नुपर्दछ । कसैले कसैको लागि केहि गर्ने समय हुँदैन । संगै आएको साथीभाई भेट्न पनि महिनौँ लाग्न सक्दछ भने सहयोगको कुरा टाढै रहेयो ।

विद्यार्थीहरुका लागि समय अत्यन्तै महत्वपूर्ण रहन्छ । साढे ३ घण्टाको पढाइ हुन्छ, हप्तामा ५ दिन । क्लास शतप्रतिशत उपस्थित हुनपर्दछ, पढाइ त्यस्तै महत्वपूर्ण पक्ष हो विद्यार्थीहरुका लागि ।

समयको पावबन्धीलाइ अत्यन्तै मध्यनजर गर्नुपर्दछ । १ मिनटको पनि अति महत्व हुन्छ जापानमा । (टाइम इज मोनी) भने जस्तै हरेक सेकेण्डलाइ प्रयोग गर्न सक्यो भने सफल पक्कै भइन्छ भन्ने चलन छ । जापानमा हप्तामा २८ घण्टा मात्र बैधानिक रुपमा विद्यार्थीहरुको लागि काम गर्न पाउने भनेर समय तोकीएको हुन्छ । हप्तामा २८घण्टा मात्र काम गरेर आफ्नो लागी खान पनि पुग्दैन यहा हरेक कुरा महंगो छ । त्यस्तै, बस्नको लागि होस्टेल (अपार्ट) महंगो हुन्छ । कलेज फि त्यस्तै महंगो छ । मोबाइल खर्च । एकभन्दा बढी काम गरिएन भने जापानको जीवन कष्टकर बन्दछ । कलेज फि बर्षमा ८र९ लाख जापानीज एन पर्दछ । त्यो पैसा जुटाउनको लागि र आफ्नो पेट पाल्नको लािग दिनमा कम्तिमा पनि १२र१५ घण्टा काम नगरी हुँदैन । कलेज ३ः३० घण्टा काम १५ घण्टा टोटल साढे १८ घण्टा ब्यस्त अनि अप डाउन गर्दा औसतमा २ घण्टा साढे २० घण्टा यतिकै जान्छ । बाँकी साढे तिन घण्टा रह्यो यो समयमा खाना खानु, रेष्ट गर्नु कति कष्टकर छ । जापानमा नेपाली विद्यार्थीहरुका लागि ।

खाना खाने समय हुँदैन यसै त नेपालीहरु ग्यस्ट्रिकको रोगी हुन्छ । झनै रोगी बनिरहेका हुन्छन । खाना समयमा नपाउनु समयमा सुत्न नपाउनु नै विद्यार्थीहरुका लागि ठुलो समस्या हो । काम बिदा हुँदाको दिन एक्कै घण्टा भए पनि सुत्न पाए हुने थियो भन्ने लाग्दछ । जापान आउनुहोस् तर धेरै आशा र अपेक्षा बोकेर नआउनुहोस । धेरै खर्च गरेर नआउनुहोस । सिमित खर्च गरेर आउनुहोस् । जापान साँेचे जस्तो छैन ।

समयले मान्छेलाइ परिवर्तन बनाउदछ । समयअनुसार चल्न सकियो भने हामीलाइ जीवनको महत्वपूर्ण बिन्दुमा पुर्याउन मदत पक्कै गर्दछ । हामी नेपालीहरु धेरै फूर्सदिला छौ तर पनि हामीसंग समय छैन भन्छौ । समयलाइ व्यवस्थापन र सही तरिकाले सदुपयोग गर्नु पर्दछ । जापानले समय के हो ? समयलाइ कसरी सदुपयोग गर्न पर्दछ ? भन्ने कुराको पूर्ण रुपमा महसुश बनाउदछ ।

यदि हजुरहरु भविष्यलाइ जापान मेरो ड्रिम कन्ट्री हो भनेर सोच्नु भएको छ भने त्यहिँ अनुसारको ज्ञान लिएर आउनु होला । भाषा राम्रोसंग अध्ययन गरेर मात्रै आउनु होला । अरुको लहलहेमा लागेर यत्तिकै हाम नफाल्नु होला । धेरै इच्छा आंकाक्षा मन भित्र पालेर आउदा पछि पछुताउनु पनि नपर्ला भन्न सकिन्न ।

जापान यस्तो देश हो, जहाँ कामलाइ भगवान ठान्दछ । जापान दुःखको देश हो, जहाँ रात दिनको मेहनतले जनताबाट उठाइने करबाट विकसित भएको छ । जनताहरुलाइ दिने सेवा सुविधाको लागि त कुनै कसुर राख्दैन जापान ।

वि.सं.२०७७ असोज ८ बिहीवार २०:१९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...