एकैचोटी यतिधेरै संख्यामा खुल्यो सरकारी जागिर, यस्तो छ अवसर (सूचनासहित)

काठमाडौं । जागिरको खोजिमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । बागमती प्रदेश सरकारले एकैचोटी २४० जना कर्मचारी माग गरेको छ ।

 

एक सूचना निकाल्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले करार सेवाका लागि विभिन्न पद तथा तहमा कर्मचारी माग गरेको हो ।सरकारले करार सेवाका लागि कार्यक्रम संयोजक सातौँ तहमा एक जना, नर्सिङ अधिकृत(विद्यालय नर्स संयोजक) सातौँ तह एक जना, विद्यालय नर्समा २३७ जना र सिभिल इन्जिनियर पदमा एक जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित भएको २१ दिनभित्र (यहि असोज २८) गते) मन्त्रालयको अनलाइन दरखास्त प्रणालीका लागि मार्फत दरखास्ता दिन सकिने सूचनामा उल्लेख छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस् सूचना :

२०७७ असोज ८ गते ०७:५७ मा प्रकाशित

You can share this post!

दशैँमा हुने नै भयो पूर्ण लकडाउन !

दशैँमा हुने नै भयो पूर्ण लकडाउन !

Related posts