काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई लाख कित्ता आईपीओ सूचीकृत भएको छ ।
नेप्सेमा बिहीवार समाज लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता साधारण शेयर (आईपीओ ) सूचीकृत भएको हो । बिहीवार नेपाल स्टक एक्सचेञ्ज र उक्त कम्पनीबीच सूचिकरण सम्झौता सम्पन्न भएसँगै साधारण शेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको दोस्रो दिनबाट शेयर कारोबार शुरु हुने भएपनि कम्पनीको उक्त शेयर भने कारोबार नहुने भएको छ । उक्त कम्पनी र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार नेप्सेले रोक्का गरेको छ ।
वि.सं.२०७७ असोज ८ बिहीवार १४:१५ मा प्रकाशित