देशभर थपिए १४९७ जना कोरोनाका नयाँ संक्रमित, हालसम्म कति पुगे ?

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसंगै अहिलेसम्म ६९ हजार ३०१ जनामा संक्रमण देखिएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ११ हजार ४४९ जनाको पिसीआर परीक्षण गरिएको जानकारी दिनुभयो ।

 

यस्तै विगत २४ घण्टामा ४५७ जनासंक्रमणामुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ५० हजार ४११ जना संक्रमित निको भई घर फर्किसकेका छन् । यस्तै देशभर सक्रिय संक्रमित १८ हजार ४३७ जना रहेका छन् भने क्वारन्टिनमा ६ हजार ५६५ जना रहेका छन् ।

२०७७ असोज ८ गते १६:१९ मा प्रकाशित

You can share this post!

५.७४ अंकले बढ्यो शेयर बजार, २ अर्ब २३ करोड बराबरको कारोबार

५.७४ अंकले बढ्यो शेयर बजार, २ अर्ब २३ करोड बराबरको कारोबार

Related posts