back
NMB ad

सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा, पाँच लाखसम्मको ऋण पनि झिक्न पाइने

Kumari bank ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुबिधा संचलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहनगर्ने नीति अनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिको लागि बैंकले उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।

 

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरील्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवष्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ ।

यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रतिकृषक परिवार रु पाँच लाखसम्मको ऋण सुबिधा उपलब्ध गराईन्छ ।

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ । यदि खातामा भएको वचतभन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ ।

हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूदव्याज रकमको गणना हुनेछ ।

यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकीउ पलब्ध गराइने छ ।

जुन आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुबिधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशीका अनुसार यस सुविधाको ब्याजदरमा ५% अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदरमै यो सुबिधा उपभोग गर्न सकिनेछ ।  हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग रप्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो ।

बैंकले हालसम्म ४ लाख ७० हजार भन्दा बढी ग्राहकहरु रहेको करिव रु. ६८.६० अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५५.२८ अर्व कर्जा लगानी गरेकोे सिभिल बैंकको ११४ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएकोे छ ।

वि.सं.२०७७ असोज ८ बिहीवार १६:३४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...