थप १३१३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ७० हजार नाघ्यो, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२ हजार २६२ जनाको पिसीआर परीक्षण गर्दा १३१३ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १४५५ रहेको छ । हालसम्म ५१ हजार ८६६ जना निको भई घर फर्किएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको मन्त्रालयले जनाएको छ । क्वारन्टिनमा ६ हजार ४६४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मुत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

२०७७ असोज ९ गते १६:३० मा प्रकाशित

You can share this post!

लोकसेवा आयोगले भर्खरै सार्वजनिक गर्यो रोकिएका परीक्षाको नयाँ तालिका

लोकसेवा आयोगले भर्खरै सार्वजनिक गर्यो रोकिएका परीक्षाको नयाँ तालिका

Related posts