back
NMB ad

एक्कासी प्रशासनले गर्यो यस्तो निर्णय: भोलि बिहान ५ बजेदेखि लागू हुनेगरि कर्फ्यु नै लगाउने (सूचनासहित)

Kumari bank ad

बर्दिया । भोलिदेखि फेरि लकडाउनको घोषणा गरिएको छ ।

 

बर्दियाको बारबर्दिया नगरपालिकाले असोज ९ गते रातीदेखि १४ गते रातीसम्म लकडाउनको घोषणा गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि नगरपालिकाले लकडाउनको घोषणा गरेको हो ।

बारबर्दिया नगरपालिकाको कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधीभर सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र यातायात लगायतका क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसलहरु, दुध, हरीयो तरकारी, पानी, फलफुल र ग्याँस लगायतका पसलहरु हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

लकडाउनलाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले वडाध्यक्ष र वडाबासीलाई समेत जानकारी गराई प्रचारप्रसार गर्ने बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारुले बताए । उनले कोरोनाको जोखिम बढेको कारणले पुनः लकडाउन गरीएको बताए ।

त्यसैगरी नगरपालिकाले लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई अंशुवर्मा मावि जयनगरमा राख्ने र भारत लगायत तेस्रो मुलुकबाट आउनेलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड प्रयोग गरी होम क्वारेन्टाइनमा बस्न लगाउने लगायतका निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले बारबर्दिया नगरपालिकामा असोज १० गते बिहान ५ बजेदेखि असोज १४ गते मध्यरातसम्म निषेधाज्ञा जारी गरेको छ ।

नगरस्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र बारबर्दियाको अनुरोधमा निषेधाज्ञा जारी गरीको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

बारबर्दिया नगरपालिकामा हालसम्म ६५ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरुमध्ये ३१ जना कोरोना जितेर घर फर्किएका छन् भने एक जनाको कोरोनाका कारण मृत्यु भएको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताए ।

गत मंगलबार बारबर्दिया नगरपालिका वडा नं ३ का वडाध्यक्ष ३९ वर्षीय सुर्यबहादुर थारुको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

वि.सं.२०७७ असोज ९ शुक्रवार १९:०३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...