शनिबार थपिए १२ सय ७ जना कोरोनाका नयाँ संक्रमित, अहिलेसम्म कति पुगे ?

काठमाडौं । शनिबार नेपालमा थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ११ सय ४७ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार १३ जना पुगेको छ । त्यस्तै २४ घन्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।

२०७७ असोज १० गते १६:१९ मा प्रकाशित

You can share this post!

भोलिदेखि विद्यालय सञ्चालन हुने

भोलिदेखि विद्यालय सञ्चालन हुने

Related posts