back
NMB ad

यसकारण कोरोना बीमाको मुद्दामा बहस स्थगित

Kumari bank ad

काठमाडौं । कोरोना बीमाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट माथि अब असोज १८ गतेपछि मात्र बहस हुने भएको छ ।

सर्वोच्चले गत बिहीवार अन्तरिम आदेशका लागि न्यायाधीशद्वय हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा उक्त रिट माथि बहस गर्न पेश्की तोकेको थियो । तर, त्यो दिन उक्त रिट हेर्न नभ्याइएपछि अर्को पेश्कीमा बहस गर्न लागिएको हो ।

पहिलो नम्बरमा रहेको मुद्दामा लामो बहस भएका कारण कोरोना बीमाविरुद्धको रिट हेर्न नभ्याइएको सर्वोच्चले बताएको छ । उक्त इजलाशमा दोस्रो नम्बरदेखि तल रहेका कुनै पनि मुद्दामा बहस गर्न नभ्याइएको सर्वोच्चको भनाइ छ ।

रिट दायरकर्ता अधिवक्ता दावा तामाङका अनुसार अब असोज १८ गतेपछि मात्र उक्त रिटउपर छलफल हुनेछ । सर्वोच्च अदालतले पक्ष र विपक्ष दुवै पक्षलाई असोज १८ गते अदालतमा उपस्थित हुन तारीख दिएको छ । सोही दिन दुवै पक्षलाई उपयुक्त हुने म्याद मिलान गरेर बहसको पेश्की तोकिने अधिवक्ता तामाङले बताए ।

अधिवक्ता भाइराजा राई र दावा तामाङले कोरोना बीमा मापदण्ड २०७७ सैद्धान्तिक रूपमा कानूनविपरीत भएको भन्दै गत भदौ २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ असोज ११ आइतवार ०७:४३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...