back
NMB ad

धमाधम खुल्दै विद्यालय

Kumari bank ad

काठमाडौं । शिक्षा मन्त्रालयले महामारीमा पठनपाठन अगाडि बढाउन सक्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएपछि धमाधम विद्यालय खुल्न थालेका छन् ।

उपत्यकासँग सिमाना जोडिएका र कोभिड–१९ संक्रमण काम हुँदै गएका स्थानीय तहभित्र पर्ने विद्यालयमा पठनपाठन शुरू भएको हो । स्वास्थ्य मन्त्रालयले तत्काल विद्यालय खोल्न नहुने सिफारिस गरे पनि स्थानीय तहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा भदौ १९ गते जारी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सिफ्टअनुसार विद्यालय सञ्चालन गर्न थालेका छन् ।

पछिल्लो तथ्यांकअनुसार रोल्पाको ५ स्थानीय तहका सबै विद्यालय खुलेका छन् । सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट, कैलाली, बाँके, बर्दिया, झापा, मोरङ, दाङ, सुनसरी र काठमाडौं उपत्यकाकै केही स्थानीय तहले विद्यालय सञ्चालन गरिरहेका छन् । बागमती र प्रदेश २ बाहेक अधिकांश प्रदेशका केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न थालिसकेका छन् । केहीले खुला गर्ने तरखर गरिरहेको केन्द्रको भनाइ छ ।

शिक्षा विकास तथा मावन स्रोत केन्द्रका महानिर्देशक डा। तुल्सी थपलियाले विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहले पाएको भन्दै अधिकांश पालिकाले विद्यालय सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिलेसम्म कति विद्यालय खुले भन्ने विषयमा तथ्यांक संकलन गर्ने काम भइरहेको छ । केही दिनपछि सबै जानकारी दिनेछौं ।’ अधिकांश स्थानीय तहले जिल्ला कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको र प्रदेश सरकारको निर्देशनअनुसार विद्यालय खोलेको दाबी गरेका छन् ।

‘हामीले अहिले नै विद्यालय खोल्नु भनेका छैनांै, स्थानीय तहले मन्त्रालयले जारी गरेको निर्देशिकाको दफा ३३ मा उल्लेख गरेअनुसार विद्यालय खोलेका हांै भन्ने गरेका छन्।’ –महानिर्देशक डा। थपलियाले भन्नुभयो ।

केन्द्रले वैकल्पिक शिक्षण माध्यमबाट पढाउने, टोलटोलमा शिक्षकको अवधारणाअनुसार साप्ताहिक वा मासिकरुपमा विद्यालयमा वा सिकाइ केन्द्रमा विद्यार्थी बोलाएर विषयवस्तुको बारेमा छलफल गर्न मात्र निर्देशन दिएको छ ।

तर प्रदेशका अधिकांश विद्यालयले स्थानीय तहले दिएको निर्देशनअनुसार विद्यालय खोलेका छन् । मन्त्रालयले जारी गरेको निर्देशिकाको दफा ३३ मा ‘सिकाइ सहजीकरण प्रणाली कार्यान्वयनसम्बन्धी विशेष व्यवस्थाको उपदफा २ मा कुनै क्षेत्र विशेषमा नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष सिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न बाधा पर्ने छैन’ उल्लेख छ ।

त्यस्तै उपदफा ३ मा ‘विद्यालयमा नियमित पठनपाठन हुनसक्ने अवस्थामा यस निर्देशिकाबमोजिमको शिक्षण सिकाइको पूरक प्रणालीका रुपमा लागू गर्न सक्नेछ’ भनिएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ असोज ११ आइतवार ०७:४७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...