back
NMB ad

उपत्यकामा सक्रिय संक्रमितको क्षेत्रका आधारमा लकडाउन लगाउन आयो यस्तो माग

Kumari bank ad

भक्तपुर । उपत्यका नगरपालिका मेयर फोरमका सचिब मदन सुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् ।

 

 

 

 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिनु र नियन्त्रणमा सरकारको लापरवाहीकै कारण सिंहदरबारमा दुई चार जनाको मृत्यु नभए सम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने अवस्था देखिएको बताए ।

उपत्यकामा बिगतका दिनमा बाहिरबाट संक्रमित प्रबेशको डर रहेको अवस्थाको अन्त्य भएको भन्दै कोरोनाको केन्द्र बनेको उपत्यकाबाट अब दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना संक्रमणको दर बृद्धि हुने तर्फ बेलैमा सर्तकता अपनाउन नसके यसले झन् महामारीको रुप लिने उनको दाबी छ ।

उपत्यकामा अब लकडाउन नहुने बताउँदै श्रेष्ठले संक्रिय संक्रमितको क्षेत्रको पहिचान गरि फरक कालको निषेधाज्ञा लगाउनु पर्छ अन्यथा दशैंसम्म उपत्यकामा बढ्दो संक्रमितको संख्याले लाख नाघ्ने छ । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सिमित बन्दा उपत्यकामा महामारी फैलिएको उनले आरोप लगाए । उनले अर्को प्रसंगमा भने उपत्यका बिकास प्राधिकरण निश्चित ब्यक्तिको आर्थिक चँगुलमा फसेको र उपत्यका नगरपालिकाले बिघटनको आवाज उठाउँदै आएको छ ।

सरकारले दशकौं अघिको तयार पारेको नक्शालाइ स्मार्ट सिटिको नाम दिँदै बिदेशी पैसाकै भरमा उपयत्काको भूगोल नबुझि र बिना छलफल ल्याएको स्मार्ट सिटिको अवधारणको फोरमले बिरोध गर्दै आएको र यसले पूर्णता नपाउने उनले ठोकुवा गरे । उनले उपत्यकाको सम्पूण पाटोको अध्ययन गरि सरोकारवालाहरु सँगको छलफल बिना ल्याइएको स्मार्ट सिटि पनि आर्थिक चलखेलकै पाटो रहको बताए ।

वि.सं.२०७७ असोज ११ आइतवार १४:०६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...