back
NMB ad

भर्खरै आयो यस्तो निर्णय : भोलिदेखि बजार नखुल्ने, पसल तथा व्यवसाय पनि बन्द हुने !

Kumari bank ad

धनगढी । बैतडीको पुर्चौडी नगरपालिका अनिश्चितकालका लागि सील गरिएको छ ।

 

कोरोना संक्रमितको मृत्यु भएपछि नगरपालिकामा बसेको आकस्मिक बैठकले पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सील गर्ने निर्णय गरेको हो।

आइतबार अर्थात आजदेखि नै स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने पुर्चौडी नगरपालिकाले जनाएको छ ।

बैठकले नगरपालिकामा रहेका सबै विद्यालय, वित्तिय संस्था, सरकारी कार्यालयहरु बन्द रहने निर्णय गरेको छ । भारतको बैंग्लोरबाट फर्किएका पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय पुरुष घर नजिकै मृत अवस्थामा फेला परेका थिए। मृत भेट्टिएका ती पुरुषमा शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो।

कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी परीक्षण गर्ने निर्णयसमेत गरेको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नगरपालिकाले त्यसै ठाउँका संक्रमितको मृत्युपछि आफ्नो क्षेत्रभित्र बजार, व्यवसाय बन्द गर्ने निर्णय गरेको बताए।

वि.सं.२०७७ असोज ११ आइतवार १६:२८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...