back
NMB ad

विवाद समाधान भइसक्दा पनि अघि बढेन प्रशासनिक मार्गको काम

Kumari bank ad

दैलेख । कामको शुरुआतमै विवादका कारण बन्द रहेको दैलेखको प्रशासनिक मार्ग अन्तर्गत ठाटीकाँध खण्डको काम सहमति भएको महीनौं बितिसक्दा पनि अघि बढ्न सकेको छैन ।

 

दैलेख क्षेत्र नं २ का तीन नगरपालिका र दुई गाउँपालिकाको विकासको मेरुदण्ड मानिएको ठाटीकाँध सडक खण्डको काम अलपत्र परेको छ ।स्थानीय जनप्रतिनिधिबीचको खिचातानीका कारण सडक निर्माणले गति लिन नसकेको हो ।

२ वर्ष अघिदेखि जनप्रतिनिधिहरूले सडक आ–आफ्नो वडाबाट लैजाने होडबाजीले गर्दा सडक डिभिजनले काम गर्न नसकेको बताइएको छ ।गत वैशाख पहिलो साता प्रशासनिक मार्गको भैरवस्थान–प्याडुल्ली खण्डको नयाँ ट्र्याक खोल्ने क्रममा वडा नं १ र २ का स्थानीयले आन्दोलन नै गरे ।

पछि प्रशासन र सडक डिभिजनले काम रोकेपछि पहिले उल्लेख गरिएकै ठाउँबाट सडक लैजाने सहमति भएको थियो । तर, काम अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।

ठाटीकाँध–आठबीस खण्डमा पुर्वतिरबाट मटेलालाई जिरो प्वाइन्ट मानेर मटेल्ला–प्याडुली–भैरवस्थान–ठाटीकाँध–पाँचाला–आग्र हुँदै स्याउलेकाँध जोड्ने उल्लेख छ ।

यद्यपि, उल्लेख गरिए भन्दा फरक ठाउँ ९पिपलचौतारा–प्याडुली०बाट सडक लैजाने गाउँपालिका अध्यक्ष शाही र वडाध्यक्ष रूप विश्वकर्माको स्वार्थले विगत १ वर्ष अघिदेखि सडकको नयाँ ट्र्याक खोल्न रोकिएको थियो ।

सडकको सहमति भएपछि पञ्चबडीमालिका निर्माण सेवा कम्पनीले कामको जिम्मा पायो । निर्माण कम्पनीले असारमा प्याडुल्लीतर्फ सडक खन्न शुरू ग¥यो । बीचमा जंगल पर्ने भएकाले ठेकेदारले कुनै पनि प्रक्रिया नमिलाएको भन्दै वनका कर्मचारी र सडक डिभिजनद्वारा काम रोकिएको आजको राजधानी दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १२ सोमवार ०८:४० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...