नेप्सेले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीलाई वार्षिक नबिकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

धितोपत्र सुचिकरण विनियामावली २०७५ को अनुसूचीमा भएको व्यवस्था अनुसार नेप्सेले आव २०७७/७८ को धितोपत्र वापतको बार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो ।

कम्पनीहरुलाई असोज मसान्तसम्ममा वार्षिक नविकरण शुल्क बुझाउन पनि नेप्सेले भनेको छ । रू.५० करोडसम्म चुक्तापूँजी भएका कम्पनीले वार्षिक नबिकरण शुल्क बापत रू. ५० हजार र रू. ५० करोडभन्दा माथिका कम्पनीले रू.१ लाख बुझाउनु पर्नेछ ।

त्यसैगरी डिबेञ्चर म्युचुअल फण्डको चुक्तापूँजी रू. ५० करोड भएकाले रू. २५ हजार र रू. ५० करोडभन्दा माथि भएकाले रू. ५० हजार वार्षिक नबिकरण शुल्क बुझाउनुपर्नेछ ।

सूचीकृत सम्पूर्ण कम्पनीहरुले नविकरण शुल्क बापतको रकम ग्लोबाल आइएमई बैंकको ७५०१०१००००७७५ खातामा नम्बरमा पठाउनु पर्नेछ । साथै नेप्सेले उक्त खातामा रकम जम्मा गरेको भौचर ष्कितष्लन [email protected] मा पठाउन पनि भनेको छ ।

२०७७ असोज १३ गते १२:०४ मा प्रकाशित

You can share this post!

नेप्से ७.३५ अंकले घट्यो

नेप्से ७.३५ अंकले घट्यो

Related posts