काठमाडौं । मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से स्थिर रहको छ ।
कारोबारको दोस्रो घण्टामा ५ दशमलव ४१ अंकले घटेको बजार कारोबारको तेस्रो घण्टामा ५ दशमलव ८७ अंकले घटेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ३८ प्रतिशत घटेर १ हजार ५५४ दशमलव ९६ विन्दुमा पुगेको छ ।
तेस्रो घण्टाको अवधिमा १८९ ओटा कम्पनीको रू. १ अर्ब ९ करोड ९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
वि.सं.२०७७ असोज १३ मंगलवार १४:०२ मा प्रकाशित