लिम्पियाधुरासम्मै नेपाली भूमि रहेको यसरी जुटाउँदैछ विज्ञ टोलीले प्रमाण

काठमाडौं । नेपाल र भारत सीमा क्षेत्रमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रमाण जुटाउन विज्ञ टोेली खटिएको छ ।

 

सो भूमि नेपालको दाबीलाई प्रमाणित गर्न ऐतिहासिक तथ्य र खोजहरूको अध्ययन गरेर असोजभित्रै प्रतिवेदन बुझाउने गरी नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका कार्यकारी निर्देशक डा. विष्णुराज उप्रेतीको संयोजकत्वमा बनेको ९ सदस्यीय समिति जुटिरहेको छ ।

गत जेठमा गठन भएको विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज युद्धपछि नेपाल र इस्ट इन्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सो सन्धिमा काली नदीको पूर्वी भूमि नेपालमा रहेको उल्लेख छ । सोही आधारलाई नेपालले प्रमाणका रूपमा पेस गर्न सक्नेछ । राजधानी दैनिकमा खबर छ ।

२०७७ असोज १४ गते ०७:२९ मा प्रकाशित

You can share this post!

देशभर थपिए १५१३ जना कोरोना संक्रमित : उपत्यकामा मात्रै ९३४, थप १० जनाको मृत्यु

देशभर थपिए १५१३ जना कोरोना संक्रमित : उपत्यकामा मात्रै ९३४, थप १० जनाको मृत्यु

Related posts