कहिले र कति आउँदैछ सिटीजन्स लाइफको आइपीओ ?

काठमाडौं ।  सिटीजन्स लाइफको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढे्को छ ।

७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकको जिम्मेवारी एनआइबिएल एस क्यापिटललाई दिएको हो ।

आईपीओ निष्कासन सम्झौतापत्रमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

अब धितोपत्र बोर्डबाट अनुमति र आउने साधारणसभाबाट प्रस्ताव पारित भए पश्चात मात्र कम्पनीको आईपीओ आउने छ । कम्पनीको चुक्ता पूँजी बढउन सिटीजन्स लाइफ ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।

उक्त आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

२०७७ असोज १४ गते ०९:४८ मा प्रकाशित

You can share this post!

आर्थिक रुपान्तरणका लागि क्षमता अभिवृद्धि महत्वपूर्ण : प्रधानमन्त्री ओली

आर्थिक रुपान्तरणका लागि क्षमता अभिवृद्धि महत्वपूर्ण : प्रधानमन्त्री ओली

Related posts