back
NMB ad

देशभर थपिए १५५९ नयाँ संक्रमित: १०५७ डिस्चार्ज, थप ७ जनाको मृत्यु, उपत्यकामा कति थपिए ?

Kumari bank ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

 

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।

 

आजै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ ।

मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टिनमा छन् । काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९०२ संक्रमित थपिएका छन् ।

यसअघि मंगलबार १० जनाको मृत्यु भएको थियो । ७३१ जनाले कोरोनालाई जित्दा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको थियो ।

वि.सं.२०७७ असोज १४ बुधवार १६:३० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...