back
NMB ad

कास्कीका सहकारीकर्मीलाई योग सचेतना

Kumari bank ad

बागलुङ । कोरोना संक्रमणका कारण उत्पन्न संकटलाई सहज रुपमा रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यका साथ कास्कीका सहकारीहरुबीच एक दिने प्राकृतिक चिकित्सा र योगको भूमिका विषयक सचेतना कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड कास्कीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय रजहर नवलपुरका निर्देशक डा. विनोद पौडेलले सहजीकरण गर्नु भएको थियो ।

कोरोना रोगको परिचय, यसले समाजमा पार्न सक्ने प्रभाव, कोरोनाबाट जोगिने उपाय र आम समुदायलाई यसका बारेमा दिनु पर्ने सचेतनाका बारेमा पौडेलले जानकारी गराउनु भएको थियो । उहाँले कोरोनाले अन्य रोग लागेका व्यक्ति, बृद्ध बुद्धाहरुलार्ई छिटो संक्रमण गर्ने भएकाले सचेत रहन आव्हान गर्नु भयो ।

कोरोना मात्रै होइन अन्य रोगहरुबाट बच्नका लागि समेत मानिसले रोग प्रतिरोधात्मक क्षमता बढाउनु पर्नेमा जोड दिदै उहाँले खानपानमा ध्यान दिने, योग तथा प्राणायम लगायत तनाव व्यवस्थापनका विभिन्न उपायहरुको अवलम्बन गर्न सकेमा कोरोनाबाट सहज रुपमा जोगिन सकिने बताउनुभयो ।

रोग प्रतिरोधी क्षमता वृद्धि गर्नका लागि मह, कागती पानी, कोदो फापर जस्ता पोषक तत्व बढी भएका खानेकुरा, उमारेका गेडागुडी जस्ता तागतिला खानेकुरामा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीकर्मीहरुका लागि प्राकृतिक चिकित्सा तथा योगका बारेम दिइएको जानकारी प्रभावकारी रहेको बताउनुभयो ।

उहाँले कोरोना लगायतका रोगबाट बच्नका लागि अपनाउनु पर्ने सतर्कताका बारेमा सहकारी अभियानकर्मीहरुले आफ्ना सदस्य र आम समुदायलाई सचेत बनाउनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रम जिल्ला सहकारी सघ कास्कीका अध्यक्ष रविरमण तिवारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बलराम गौतमको स्वागत र राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७७ असोज १४ बुधवार १७:२३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...