back
NMB ad

असोज २९ गतेदेखि विद्यालय खोल्ने निर्णय !

Kumari bank ad

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस महामारीले रोकिएका विद्यालय र कलेज असोज २९ गतेदेखि खुल्ने भएका छन् ।

 

लकडाउनको अन्त्य गर्दै भारतले असोज २९ गतेदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको भारतीय संचार माध्यमले जनाएका छन् । तर शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्ने बताइएको छ।

भारतीय संचार माध्यमका अनुसार १० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको हो । केन्द्रले अनलाइन कक्षा र दुरी सिकाई (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ ।

 

असोज २९ गतेदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरन्जन स्थल खोल्ने अनुमति भारत सरकारले दिएको छ । तर सरकारले आफ्नो आदेशमा केही शर्त पनि राखेको छ।

सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशत अर्थात आधा सीट खाली हुनुपर्नेछ । यसका लागि सरकारले छुट्टै निर्देशिका जारी गर्नेछ ।यस्तै केही सर्तसहित एक सय जनाभन्दा धेरैलाई जमघटको लागि अनुमति दिने सरकारको तयारी छ । तर पनि कोरोना संक्रमितको संख्या बढिरहेको क्षेत्रमा भने कार्तिक १५ गतेसम्म कडा लकडाउन लागु हुनेछ।

वल्र्डोमिटरका अनुसार भारतमा ६३ लाख १० हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। जसमा ९८ हजार ७०० भन्दा बढीको मृत्यु भइसकेको छ भने ५२ लाख ७० हजार भन्दामाथि उपचारपश्चात फर्किसकेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार ०८:०० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...