back
NMB ad

असोज २१ गतेदेखि सानिमा जनरल इन्स्योरेन्सको आईपीओ विक्री खुला

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आगामी असोज २१ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ ।

 


कम्पनीले कुल ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कुल कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताहरुले सी–आस्वा सेवा प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत असोज ५ गते आईपीओ निश्कासन गर्न अनुमति दिएको थियो ।

रू. १ अर्ब जारी पूँजी रहेको उक्त कम्पनीको हाल संस्थापकतर्फको रू. ७० करोड चुक्तापूँजी कायम रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू.७० करोड रहेको छ । आईपीओ विक्रीपछि कम्पनीको पूँजी रू.१ अर्ब पुग्नेछ ।

               

वि.सं.२०७७ असोज १५ बिहीवार १०:३३ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...