कोरोना महामारी : एकैदिन थपिए १९११ जना नयाँ संक्रमित, हालसम्म कति पुगे ?

काठमाडौँ । गत २४ घण्टामा एक हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या ७९ हजार ७२८ जना पुगेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोरोना संक्रमण मुक्त भई घर फर्किनेको सङ्ख्या ९६१ रहेको जानकारी दिए ।

 

विगत २४ घण्टामा गरिएको पिसीआर परीक्षण १२ हजार ४४४ जनामा गरिएको छ । त्यो सँगै नेपालमा हालसम्म १० लाख ३३ हजार ९४७ परीक्षण गरिएको छ ।

 

हालसम्म देशभरि जम्मा उपचाररत संक्रमितहरुको संख्या २१ हजार ८३० छ । क्वारेन्टिनमा रहने व्यक्तिहरुको संख्या ५ हजार ७७ छ । संक्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ जना रहेको छ । कोरोनाबाट मुक्त हुनेको संख्या ७१.९ प्रतिशत छ ।

२०७७ असोज १५ गते १६:२१ मा प्रकाशित

You can share this post!

दसैंका विभिन्न साइत सार्वजनिक, कुन समयमा छ टीकाको उत्तम साइत ?

दसैंका विभिन्न साइत सार्वजनिक, कुन समयमा छ टीकाको उत्तम साइत ?

Related posts