back
NMB ad

कुमारी बैंकले ल्यायो यस्तो योजनाः ‘कर्जा लिई शेयर किनौं छिटो, किनेपछि सोही शेयर राखौं धितो’

Kumari bank ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागि सस्तो व्याजदरमा कुमारी मार्जिन लेन्डिङ्ग योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत शेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिद पश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ । साथै, यस कर्जामार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ ।

उक्त कर्जा योजना हालसम्मकै निकै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ । हाल बजारमा प्रवाह हुने शेयर कर्जाहरुमा शेयर खरिद गर्नुअघि नै धितो आवश्यक रहने गरेको छ ।

शेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्त कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ ।

साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सीमीत भएको लगानी योग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको शेयर बजारलाई मध्यनजर गर्दै, उक्त कर्जा योजना ल्याइएकोे बैंकले जनाएको छ ।

७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतम प्रोसेसिङ्ग फी एवं ७२ घण्टामै कर्जा प्रवाह हुने जस्ता आकर्षक सुविधाहरु दिइने बैंकका पधादिकारीले जनाएका छन् ।

                 

वि.सं.२०७७ असोज १५ बिहीवार १६:३६ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...