back
NMB ad

३ वर्षमा पहिलो पटक सस्तियो जग्गाको मूल्य, कति घट्यो ?

Kumari bank ad

जापान । कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको प्रभाव स्वरुप जापानमा जग्गाको भाउ घटेको छ । जापानमा जग्गाको भाउ घटेको यो ३ वर्षमा पहिलो पटक हो ।

कोरोना भाइरसको महामारीबीच होटल र पसल जस्ता व्यवसाय सञ्चालनका लागि जग्गाको माग घटेसँगै मूल्य पनि प्रभावित भएको हो ।भूमि, पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष जग्गाको भाउ औसत शून्य दशमलव ६ प्रतिशतले घटेको हो । देशभरबाट सर्वेक्षणमा सहभागी गराइएका २१ हजार ५ सय १९ साइटमध्ये जुलाई १ सम्ममा ६० दशमलव १ प्रतिशतको मूल्य घटेको छ ।

कुल साइटमध्ये २१ दशमलव ४ प्रतिशतमा गत वर्षको सोही अवधिको तुलनामा मूल्य बढेको भए पनि यो वृद्धिले महामारी अघिको बजारको अवस्था देखाएको मन्त्रालयको भनाइ छ ।

सर्वेक्षणमा सहभागी मध्ये १८ दशमलव ५ प्रतिशत साइटको मूल्य घटेको छ । सर्वेक्षणमा देशभरबाट व्यवसायिक, आवासीय र औद्योगिक सबै खालका जग्गाको औसत मूल्य समावेश गरिएको थियो ।

विदेशी पयर्टकको आगमन, व्यवसायिक सम्पत्तिको भाडामा भएको वृद्धि र पयर्टन क्षेत्रमा लगानीका कारण सन् २०१८ मा जापानमा सम्पत्तिको मूल्य २७ वर्षमा पहिलो पटक बढेको थियो ।

समीक्षा अवधिमा व्यवसायिक प्रयोजनका जग्गाको भाउ शून्य दशमलव ३ प्रतिशतले घटेको छ । यो कमी पाँच वर्ष यताकै पहिलो हो । त्यस्तैगरी आवासीय जग्गाको भाउमा भने शून्य दशमलव ७ प्रतिशतको कमी आएको थियो ।

वि.सं.२०७७ असोज १५ बिहीवार १८:२४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...