back
NMB ad

राष्ट्रिय सहकारी बैंकको प्रदेश स्तरीय अन्तरक्रिया

Kumari bank ad

बागलुङ ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा : सभावना र चुनौती विषयक एक दिने प्रदेश नं. २ स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीवारवार सम्पन्न भएको छ ।

कोरोना संक्रमणका कारण सहकारी सञ्चालनमा देखिएका समस्याहरुको पहिचान र समाधानका लागि सहकार्य गर्ने उद्देश्यका साथ देशव्यापी रुपमा अन्तरक्रिया शुरु गरिएको बैंकले जनाएको छ ।

बैंकले बुधवार प्रदेश नं. १ बाट प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम शुरु गरेको हो । प्रदेश नंं. २ मा रहेका जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, २ नं. प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कोरोना संक्रमणका कारण उत्पादन असहज परिस्थितिमा बैंकले कस्तो योजना बनाएर अगाडि बढ्दा समग्र सहकारी क्षेत्रको विकासमा सहयोग पुग्न सक्छ ? सरोकारवाला निकायहरुसंग कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रमका सहभागीहरुले सहकारी बैंकले सहकारीहरुको वित्तीय तथा संस्थागत विकासमा प्रभावकारी काम गर्दै आएको बताएका थिए । कोरोना संक्रमणको संकटपूर्ण समयमा बैकले सदस्य संस्थाहरुलाई ऋणको ब्याजमा छुट, ऋणको ब्याजदर घटाउने तथा मनोपरामर्श लगायतका कार्यक्रम गरेर सदस्य सहकारीहरुलाई सहजता प्रदान गरेको सहभागीहरुको भनाइ थियो ।

आगामी दिनमा बैंकको क्षमता थप अभिवृद्धि गर्दै मुलुकभरका सहकारीहरुलाई सक्षम बनाउने योजनाका साथ अगाडि बढ्न सहभागीहरुले सुझाव दिएका थिए ।

सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सिंगो सहकारी अभियान एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिदै सहभागीहरुले सहकारी बैंकको विकल्पमा अर्को बैंकका चर्चा चलाएर अभियानलाई कमजोर बनाउन नहनेमा जोड दिएका थिए ।

सहकारी बैंक सक्षम हुदै गएकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रविधिको अधिकतम उपयोग, राज्यले सहकारी क्षेत्रमा परिचालन गर्ने रकम सहकारी बैंकमार्फत लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा सहभागीहरुले उठाएका सवाल तथा जिज्ञासाहरुकालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष के.बीं उप्रेतीले सदस्य माग, चाहना र आवश्यकतालाई ध्यान दिएर बैंकले आगामी योजनाहरु निर्माण गर्ने बताउनुभयो ।

उहाँले सहकारी बैंकको लक्ष्य नै दीगो सहकारी अर्थात सहकारीहरुको दीगोपना भएकाले सोही अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । बैंकका सञ्चालकहरु विश्वनाथ मण्डल र ध्रुवनारायण यादवले २ नं. प्रदेशका सहकारीहरुको विकासका लागि बैंक सदैव सहयोगीका रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. २ का सांसद शिवचन्द्र चौधरी, जिल्ला समन्वय समिति रौतहटका संयोजक राम यकपाल यादव, राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामबाबु यादव, उखु केन्द्रीय सहकारी संघका अध्यक्ष रामचन्द्र सिंह कुशवाह, जिल्ला सहकारी संघ पर्साका सञ्चालक अशोककुमार गुप्ता, जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, जिल्ला वचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सत्यन्द्र ठाकुर, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित, सहकारी बैंक समन्वय समितिका संयोजक तथा सदस्यहरु गणेश आस, सुरेश प्रसाद यादव लगायतले सुझाव तथा जिज्ञासा राख्नु भएको थियो ।

कार्यक्रममा बैकको वर्तमान अवस्था, आगामी योजना लगायत वित्तीय व्यवस्थापनमा बैंकले गर्ने कार्यहरुका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन बैंकका तालिम विभागका अधिकृत मिना शर्माले गर्नु भएको थियो ।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०७:०१ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...