काठमाडौं । सिभिल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ८ लाख ६७ हजार ६०४ कित्ता शेयर प्रतिस्पर्धाबाट बिक्री गर्न लागेको हो।
इच्छुक संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न चाहाने व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज १६ गतेदेखि ३० गतेभित्र बोलपत्र पेश गर्नु पर्ने बैंकले जानकारी दिएको छ ।
संस्थापक शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले तोकिएको भन्दा बढी रकम बोलपत्र पेश गर्नुपर्ने बैंले जानकारी दिएको छ । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेडमा बोलपत्र बुझाउनु पर्नेछ ।
वि.सं.२०७७ असोज १६ शुक्रवार ०८:५६ मा प्रकाशित