फुर्सद दिन: ‘टोकियो शहरलाई एक फन्को’

टिका खड्का ‘मोहन’ । भोलि त बिदाको दिन, यो अति ब्यस्त ठाउको कुन्ज हो । जहाँ आफ्नै कोठाको साथी भेट्न पनि हप्तौँ लाग्न सक्छ ।

संयोगवस आज दुवै जनाको बिदा परेको छ । कुनै योजनाहरु पक्कै बनेका थिएनन् । रात भरी कामको थकान, सुइया… गर्दै चन्दु कोठामा प्रवेश गरेको थियो । उ भन्दा केहि समय अगाडी म पनि त्यसै गरी कोठा भित्र भित्रीएको थिए ।

नुँहाइ धुुवाइ सकेर केहि नास्ता गर्ने सुरसार गयौँ । चिया र पाउरोटी चपाउँदै मैले भने आज के छ प्लान ? चन्दु भन्दै थियो के हुन्थ्यो र अब मस्ति ज्यान फालेर बेडमा लड्ने हो । हुन पनि हो, गलेको शरीर सुतिहालौ जस्तो, सुत्दा वित्तिकै फुस्स निदाइ हालिन्छ जस्तो । तर आज मेरो मन भने मानिरहेको छैन । यो ठाउँमा आएको पनि झण्डै पाचौँ वर्ष वितिसकेछ । जुन ठाउँ कर्मको लागि गन्तब्य बनेको छ र त्यो ठाउँको बारेमा केहि जानकारी हासील गर्नु पनि एक कार्य नै हो ।

लागिरहेको थियो, केहि हप्ता देखि मन चिमोटीरहेको थियो । कस्तो होला यो शहरको इतिहास, ऐतिहासिक बनावट । केहि समय अगाडी अनलाइन मार्फत केहि यो शहरको बारेमा ऐतीहासीक जानकारी मोटामोटी रुपमा पाएको थिए ।

अझै प्रत्यक्ष पुगेर आफ्नै आँखाले दृश्य भोग गर्न पाए भन्ने भान नचलेको पनि होइन । तर, समय र परिस्थितीले मनको चाहानाहरुलाइ थाति राख्दै अगाडी बढ्नै पर्यो । अब फेरी बिदाको संयोग कहिले पो बन्ला र मन यसै कुतकुत गरिराखेको छ । चन्दुलाइ कसरी भन्दा फकाउन, मनाउन सकुला त ? प्लान बनाउदै थिए… ।

म केहि रोमान्टिक बन्दै भने हिड क्या म आज रमाइलो ठाउँमा लैजान्छु । दैनिक काममा ब्यस्त जिन्दगी जोतिएको रहनु हुनु पर्ने । खान बस्न सुत्नको लागि ठेगान छैन ।

कहिले काहि त रिफ्रेसमेन्ट हुन पाए पनि बाहिरी दुनियाँमा स्वतन्त्रसंग चिल पारामा हिड्न पाए पनि दुःख केहि हद सम्म शितल हुन्थ्यो । म यस्तै यस्तै तर्कनाहरु मनमनै उमाल्दै थिए उस्को जवाफ आयो कहाँ हो त्यसो भए लागौँ न त । मेरो आग्रहलाइ सहजै स्विकार्य भयो । केहि छिनको सिघ्र निर्णयले हाम्रोएइतिहासीक यात्रा तय हुने पक्का भयो ।

हामी एक फन्को टोकियो शहरमा लागेउ । आजको दिन हामि बढो फूर्सदिलो र फिरन्ते बन्नेछौँ तर केहि आनन्दित र मनोरन्जनका साथै फलदायी भने पक्कै रहनेछ ।

रेलयात्रा आफैमा अविस्मरणिय र रोमान्चकको पुन्ज भएको थियो । जुन यात्राबाट मैले जीन्दगीको पहिलो महशुस गरेको थिए यात्राकठीन मात्र नभएर रमणीय पनि हुँदो रहेछ । मैले पारदर्शी झ्यालबाट बाहिर चिहाउँदै थिए । सगरमाथा जस्तै विशाल पहाड बोकेर टक्क उभिएका घरका दृश्यहरु तुफान गतिमा पछाडि तिर कुदिरहेको भान हुँदै थियो ।

सिस्टम र टेक्नोलोजीले भरीभराउ लम्पसारपरेको विशाल शहरमा नांगो मस्तिष्कले चिहाउन नसकिने अचम्मको विश्वको चिनारी भनेर लिए । म रेलको डब्बामा थिए तर म त्यहाथिइन म थिए त त्यो विराट शहरको कुना कन्दरामा मनको डायरी कुदाउँदै । विकासले अनमत्त पारीएर सिँगारीएको आकाशका ताराजस्तै धर्तिमै तारा पाएको थिए ।

झण्डै चार करोडको हाराहारीमा जनसंख्याको चाप थेगेको शहर टोकियो । प्राचिनकालदेखि कला, संस्कृति र सभ्य नागरीकको पहिचान बोकेको शहर । यो विशाल जनसंख्या भएको शहर खोजी गर्न लायकको रहेछ । डिजाइनका हिसाबले विश्वको सबैभन्दा आधुनिक शहरहरू मध्ये एक हो भनेर ठोकुवा गर्न सकिने रहेछ ।

महँगाइको तुलनात्मक हिसावले हेर्दा विश्वको सबैभन्दा महँगो शहरको पदवी ओगटेको रहेछ । संग्रहालयहरू, चाडपर्वहरू, अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध भोजन, बेसबल, फुटबलसहित व्यावसायिक खेल क्लबहरू पनि थुप्रै रहेछन् । सुमो रेसलिंग जस्ता परम्परागत खेल भनेर चिनिने देश रहेछ ।

संगीत र थिएटरको लागि एकदमै धनी शहर पनि रहेछ । जापानीदेखि आधुनिक नाटकहरू, सिम्फनी आर्केस्ट्रा,पप रक कन्सर्टहरु यहाँको मनोरन्जनको गतिलो मंच रहेछ । “अ हिस्टोरी अफ जापान“भन्ने बुक अध्ययनको शिलशिलामा केहि जानकारी लिन पाएको थिए । यो ठाउँमा पाल्नुहुने आगन्तुकहरूको लागि खान बस्न किनमेल, मनोरन्जन, संस्कृतिक भोगको लागि असीमित विकल्प प्रदान गरेको रहेछ ।

शहरको इतिहास धेरै उत्कृष्ट संग्रहालयहरु, ऐतिहासिकमन्दिर र सुन्दर बगैंचामाहरुको दृश्य अवलेकन गर्न सकिदो रहेछ । सामान्यदेखि अति भलाद्मिसम्मको यातायतका साधानहरु हुत्तिदा रहेछन् । टोकियो शहरको केन्द्रमा र यसको बाहिरी भागमा तुलनात्मक रूपमा छोटो रेल सवारी साधानको प्रयोग गरीदो रहेछ ।

ठाउँ– ठाउँमा मानव निर्मित धेरै आकर्षक हरियो ठाउँहरू मस्तसंग निर्माण गरीएको रहेछ । वन,जंगल घाँसे पहाडहरुको मज्जालिन पनि सकिदो रहेछ ।

संसारमै इतिहास बोकेको सबैको मन लोभ्याउन सफल टोक्यो शहरको केहि प्रमुख भ्रमण स्थलहरु यस्ता रहेछन्। स्काइट्रि,ऐतिहासीक सेन्सोउजी मन्दिर, टोकियो टावर, टोकियो डिजीनील्याण्ड, मेइजी गार्डेन, उएनो पार्क, टोकियो डिजीनी सी लगायत दर्जनौ स्थलहरुको संगम रहेछ । जति नै प्रसंसा गरे पनि मन नअघाउने ठाउ टोकियो शहर । एउटा सानो स्वर्गको टुकुरो जस्तो भान मनले ओकलिरहेको थियो ।

…यस्तै–यस्तै थुप्प्रै कथनहरुको बुट्टा भर्दै रेलको यात्रा गर्दै थियौँ । कुनै योजना बिनाको यात्रा कस्सम बडो रमान्चिक हुँदो रहेछ । सानोबोतलमा कफिको चुस्किसंगै टोकियो शहरको एक फन्को मारीसकेछौँ । मन्छेहरु आ–आफ्नै गतिमा आ–आफ्नै मेलोडी समाएर एकरफतारमा हिँडिरहेका छन् । भिडभाड छ तर कोलाहाल छैन । आवाज हिडाइ तथा पदचापको मात्र छ ।

एउटा धुन जस्तै आवाज । कसैलाइ कसैको प्रवाह छैन । कसैले कसैलाइ भेटेर छेकि छेकि गफ गर्ने कोहिसंग समय छैन । कसैले कसैलाइ भेटेर कसैको कुरा गर्ने उनिहरुसंग समय पनि छैन र मानसिकता पनि । जुन कर्मले हिडेका छन्, जुन समय तोकिएको छ, त्यो समयलाइ मिड गर्नको लागि तछाड मछाड गर्दै छन् ।

एउटा उमेर पार गरीसके पछि यहाँका मानवलाइ गतिलो जिम्वेवारीले झापट लगाइरहेक हुदो रहेछ, लगाम लगाएको घोडालाइ जस्तै । फुस्किएर दायाँ बायाँ गर्नै नपाइने गरी । भेट्मा अभिवादन, गल्तिमा क्षमायाचना, अनुसासन र शिष्टचार यिनीहरुको ठूलो मौलिकता रहेछ । समय र सन्तुलन यति बेजोडसंग समायोजन गरेका हुन्छन म छक्क पर्ने गर्छु ।

आफ्नो देश स्वर्ग भन्दा प्यारो लाग्छ । जहाँ–जहाँ पाइला पुग्छन्, त्यहाँ– त्यहाँ नेपालीपन, नेपालको झल्कोले सुसेली रहन्छ । विकासले उन्मुक्त पारीएको विकसित देशको छलागं हेर्दा सर्लक्कै मुटु भित्रै मेरो देश पस्छ ।

मेरो देशमा पनि यस्तै भैदिएको भए स्वर्गको वयान किन गर्नु पर्थ्यो होला त भावुक भएर मनमा एक छनक छाउछ । किन यसरी युवा बल पलायन हुनु पर्थ्यो होला त ? युवा पलायन हुनुमा स्वार्थ मात्र नभएर बाध्यता पनि छ हैन र ? यस्तै अन्तरकुन्तरका कुराले चिटचिट र हुटहुटी बनाउछ ।

हामी पूरा दिनलाइ सफलता पूर्वक निलेर बास तिर तन्किदैछौ । रातको कामबाट निमीक्क आखा नझिम्क्याइ एक फन्को टोकियोयात्रामा हिडेका हामी दुइ थकानले लुत्थ्रुक्क परेका थियौ । दिन ढलेर झमक्क साझ पर्दै थियो । हतार हतार कोठामा पसेरबचेकुचेको खाना तताएर गास माथी गास हाल्दै निलेउ अनि चुपचाप निन्द्रामा पुगिएछ ।

२०७७ असोज १७ गते २३:०७ मा प्रकाशित

You can share this post!

सिजन मिडियाले आगामी मंसिरमा 'नेशनल सोसल वयलफेयर अवार्ड २०२०' आयोजना गर्दै

सिजन मिडियाले आगामी मंसिरमा 'नेशनल सोसल वयलफेयर अवार्ड २०२०' आयोजना गर्दै

Related posts