back
NMB ad

सामाजिक सुरक्षा कोषः योगदानकर्तालाई ऋण दिने प्रस्ताव रोकियो

Kumari bank ad

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ऋण दिनेगरी लगानीसम्बन्धी कार्यविधि तयार गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वीकृतिका लागि श्रम मन्त्रालयमार्फत ६ महीनाअघि पठाएको प्रस्ताव अझै पारित हुन सकेको छैन ।

३ वर्षसम्म निरन्तर योगदान गरेकाहरूले ऋण लिन खोजेमा १५ वर्ष बराबरको (आधारभूत तलब) को हिसाब गरेर अधिकतम ७५ लाख वा सोभन्दा कम कर्जा दिनेगरी कोषले लगानीसम्बन्धी प्रस्ताव तयार गरेर प्रधानमन्त्री कार्यालयमा पठाएको थियो ।

प्रधानमन्त्री कार्यालयमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको प्रतिनिधित्व हुनेगरी एउटा समिति छ, जसमा मन्त्रालयहरूले पठाएका प्रस्ताव क्याबिनेटमा जानुपूर्व घनीभूत छलफल गरिन्छ ।

सामाजिक सुरक्षा कोष ऋण लगानी गर्ने संस्था नभएको कारण देखाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त प्रस्तावलाई क्याबिनेटमा पठाउन मानेको छैन ।

कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषले स्थापनाकालदेखि नै योगदानकर्तालाई ऋण दिँदै आएका छन् । कोषको बोर्ड बैठकबाट कर्जा प्रवाह गर्ने ढाँचामा नै रहेर ऋणसम्बन्धी प्रस्ताव बनाएर क्याबिनेटमा पठाउने निर्णय गरिएको थियो ।

सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी लगानीसम्बन्धी कार्यविधि रोकिदाँ कोषमा जम्मा भएको योगदानकर्ताको २ अर्ब ६० करोड रकम लगानी गर्न नपाइएको बताउँछन् ।

उनका अनुसार सञ्चय कोषले ऋण दिन पाउने तर सामाजिक सुरक्षा कोषलाई बन्देज लगाउने काम उचित होइन ।आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ असोज १८ आइतवार ०८:२५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...