काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जना कोरोना भाइरस संक्रण पुष्टि भएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार सो अवधिमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको थियो।यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५९९ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अुनसार आज काठमाडौंमा १ हजार ३७३ जनामा, ललितपुरमा १८७ जनामा र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण देखिएको छ।
वि.सं.२०७७ असोज १८ आइतवार १६:१९ मा प्रकाशित