कविता: ‘मानवता हराएको मान्छे’

किन लोप हुँदैछन् आज
सडकमा छापिएका पाइलाहरु,
किन अस्तित्वमा छैनन् आज
तिम्रो बचनका डोबहरु,
घरको पप्पिले त राष्ट्रियता विर्षदैन
स्वागत सजाउँछ पुच्छरको टुप्पो सँग,
तिमी त मानवता जितेर कुर्सी रंगाएको मान्छे,
किन सक्दैनौ मानवताको अस्तित्व जोगाउन ।

एक्लो बच्चाझैं रोइरहेंछु म
कुरीति रंगिएका पंचाजहरुसँग,
तिमी त संस्कारी छु भन्थ्यौ
धड्कन जोडिएका प्रेमीहरु झैं,
ठुलो ऐनामा अनुहारको वास्तविकता टल्कदा
छताछुल्ल भएको छ रहस्यको पर्दाफास,

वास्तविकता अर्कै थियो हिजो
आज नांगो आँखा टल्किएको छ,
आजकाल तिमी अधुरो सपना देख्छौ रे
ज्वाला दन्किएको सोफाको कुनाहरुमा,
किन खेलाउँछौ मलाई अँध्यारो मैदानमा
किन डस्छौ मलाई कोभ्राको नसामा,

मेरो त रहर छेदन भएको आज
नांगिएको छु समाजको अस्तित्व सँग,
तिमीलाई प्रिय लाग्छन आँधिवेहरीका रातहरु
छिद्रा छिद्रा भएका जीवनका साथहरु,
म त निर्दा राँगाहरु झैं ट्रकमा खाँदिएको मान्छे,
आफुलाई भाग्यमानी ठान्ने मुर्गाहरु झैं
पैसाको मोलमा टाउँको गिंडिएको मान्छे ।

कवि: लिला बल्लभ नेपाल, बिराटनगर

२०७७ असोज २१ गते १३:५३ मा प्रकाशित

You can share this post!

सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौ : मन्त्री अर्याल

सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौ : मन्त्री अर्याल

Related posts