back
NMB ad

स्पर्श लघुुबित्तलाई प्राप्ती गर्दै ग्लोवल आईएमई

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुुबित्त बित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ ।

प्राप्ती सम्वन्धी प्रकृया सुरु गर्नको लागि संस्थाको यही असोज २० गते मंगलबार बसेको सञ्चालक समितीको एक सय १८ औं बैठकले गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुर अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्था लि. वाट प्राप्ति (एक्विजिसन) गर्नका लागि प्रस्ताव आएको जानकारी दिएको हो ।

सो प्रस्ताव अनुसार उक्त संस्था प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोवार वृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहँुचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने देखिएको संस्थाले जानकारी दिएको छ ।

सोही विश्लेषणका आधारमा गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरमा केन्द्रिय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय भई सोही दिन प्राप्ती सम्वन्धि सहमति हस्ताक्षर भएको जानकारी संस्थाले दिएको छ । सम्झौतामा ग्लोवल आईएमईका तर्फबाट संस्थाका अध्यक्ष बुुद्धि अकेला र स्र्पशका तर्फबाट अध्यक्ष प्रा. डा. शुुशिल भक्त माथेमाले हस्ताक्षर गरेकाछन ।

वि.सं.२०७७ असोज २१ बुधवार १४:०३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...