काठमाडौं । साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अंकले बढेको छ ।
नेप्से उक्त अंकले बढेसगै ७ महिनापछि १६ सय अंकमा पुगेको छ । यसअघि फागुन १८ गते परिसूचक १६२० अंकसम्म पुगेको थियो । आजको अंक त्यसयताकै उच्च विन्दुमा हो ।
आज १९५ कम्पनीको ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
वि.सं.२०७७ असोज २१ बुधवार १६:२२ मा प्रकाशित