काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले माछापुच्छ्रे बैंकको मूल्य समायोजन गरेको छ ।
लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । यस अघि बैंकले आफ्ना लगानिकर्ताहरुलाई १०.४० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक ६ गते बाइसौँ साधारण सभा डाकेको छ । बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र ३.७३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।
वि.सं.२०७७ असोज २२ बिहीवार ०८:३५ मा प्रकाशित