काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
बिहीवार कम्पनीको १ लाख ४८ हजार ४६६ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट वितरण गरेको २४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७७ असोज २२ बिहीवार ११:५६ मा प्रकाशित