back
NMB ad

फिनल्यान्डमा १६ वर्षीया किशोरी बनिन् प्रधानमन्त्री !

Kumari bank ad

काठमाडौं । लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः शीर्ष देशमा पर्छ ।

तर, प्रधानमन्त्री सन्ना मरिनले लैंगिक भिन्नता अन्त्यका निम्ति लड्न थप कदम उठाउनुभएको छ । उहाँले १६ वर्षीया एक किशोरीलाई आफ्नो पद बुधबार एक दिनका लागि हस्तान्तरण गर्नुभएको छ । अभा मुर्तोले सो अवसर पाउनुभएको हो ।

मुर्तोले बुधबार दिनभरि राजनीतिकर्मीहरुसित बैठक गर्नुभएको छ । जसमा प्रविधिमा महिला अधिकारको विषयमा जोड दिइएको थियो ।

संयुक्त राष्ट्रसंघको बालिका दिवसका अवसरमा किशोरीलाई उक्त जिम्मेवारी दिइएको हो । जुन विश्वव्यापी एउटा अभियानको हिस्सा थियो ।

मुर्तोले त्यसलाई ‘उत्साहजनक दिन’ भएको प्रतिक्रिया दिनुभएको छ ।उहाँ जलवायु परिवर्तन र मानवअधिकारसम्बन्धी मुद्दाहरुमा सक्रिय अभियन्ता हुनुहुन्छ ।

वि.सं.२०७७ असोज २२ बिहीवार १५:३७ मा प्रकाशित

You can share this post!

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:०५

काठमाडौँ, ५ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५८

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी...

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग...

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४६

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको...

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४२

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति...